मेलम्ची खानेपानीलाई एडीबीले २ अर्ब अनुदान दिने

एशियाली विकास बैंकले मेलम्ची खानेपानी आयोजनालाई २ अर्ब अनुदान दिने भएको छ ।

सञ्चालनमा नआउँदै २०७८ सालको बाढीपहिरोले आयोजनाको हेडहेडवर्क्समा ठूलो क्षति पु¥याएकाले हेडबक्र्स निर्माणका लागि एडीबीले २ अर्ब (१९ दशमलव ७५ मिलियन अमेरिकी डलर) बढी नेपाली रुपैयाँ अनुदान दिने भएको खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए ।

बाढीसँगै बगेर आएका गेग्रान र ढुंगाहरुले हेडवर्क्सका सम्पूर्ण संरचना पुरिदिएपछि झन्डै १ हजार मिटरमाथि हेडवर्क्स बनाउने तयारी भइरहेको बेला एडीबीले २ अर्बभन्दा बढी रुपैयाँ अनुदानमा उपलब्ध गराएको सचिव आचार्यले बताए ।

‘एडीबीले आफूले लगानी गरेको छ । आफैँले अध्ययन गराएको छ । उसको यति धेरै लगानी भइसक्यो । उसले पनि त आफ्नो लगानी त्यतिकै खेर फाल्छ चाहँदैन । उसले गराएको अध्ययनमा माथि रकबेल्ड छ । त्यसमा रड खोपेर एंगल मिलाएर पानी पठाउने भनेको छ । साथै एडिबीले अहिले हामीलाई २ अर्ब भन्दा बढी ग्राण्ड दिएको छ,’ उनले भने ।

२ वर्ष अघिदेखि नै उसले हेडवर्क्स सुरक्षित स्थानमा सार्नुपर्ने सुझाव दिँदै आएको भए पनि मन्त्रिपरिषद्को बैठकले केही दिनअघि मात्रै सैद्धान्तिक सहमति दिएको थियो । सरकारले सहमति जनाएसंगै आयोजनाले हेडवर्क्स सार्नका लागि परामर्श दाता छनोट प्रक्रिया अघि बढाएको छ ।

आयोजनाले ४ वर्षमा निर्माण सम्पन्न गरिसक्ने जनाएको छ । यसको लागि झन्डै साढे ३ अर्ब लागत लाग्ने अनुमान आयोजनाको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर