तीन वटा संकटग्रस्त सहकारीको रकम फिर्ता

सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड र संकटग्रस्त सहकारी अध्ययन समितिका प्रतिनिधिहरूले संकटग्रस्त तीन वटा सहकारीका बचतकर्ताको रकम फिर्ता भएर समस्या समाधान गरिएको ब्रिफिङ गरेका छन् ।

मंगलबार नयाँ बानेश्वरमा बसेको ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’को बैठकमा उनीहरूले संकटग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका २० वटा सहकारीमध्ये तीन वटा सहकारीका बचतकर्ताको रकम फिर्ता गरेर समस्या समाधान गरिएको ब्रिफिङ गरेका हुन् ।

‘तीन वटा सहकारीको समस्या समाधान गरिएको ब्रिफिङ भएको छ,’ संसदीय छानबिन विशेष समितिका सदस्य लेखनाथ दाहालले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर