राष्ट्रिय प्रतिरक्षाका लागि प्रति गुप्तचरी संयन्त्र बनाऔँः सांसद पन्त

एमालेका सांसद रघुजी पन्तले राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिँदै प्रति गुप्तचरी संयन्त्र बनाउनुपर्ने बताएका छन् ।

मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पन्तले राष्ट्रिय प्रतिरक्षाको कुरालाई ध्यान दिनुपर्ने बताएका हुन् । उनले प्रधानमन्त्रीको मातहतमा प्रति गुप्तचरी संयन्त्र बनाउन प्रधानमन्त्रीले आँट गर्नुपर्ने बताए ।

उनले नेपाली भूमिभित्र नेपालको विरुद्धमा हुने षड्यन्त्रलाई प्रतिकार गर्ने विषयमा देशले सोच्नुपर्ने बताए । उनले राष्ट्रिय अनुसन्धानलाई गृह मन्त्रालयको मातहतमा ल्याउनुपर्ने पनि बताए । पर्यटन र नेपाललाई चाहिने आर्थिक सहयोग लिनसक्ने देशहरुमा राजदूतावासलाई प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर