कोषको १५ दिने अल्टिमेटमविरुद्ध पशुपति क्षेत्रका स्थानीय आन्दोलित

पशुपति क्षेत्र विकास कोषले १५ दिने सूचना जारी गरी ठाउँ खाली गर्ने सूचना जारी गरेपछि पशुपति क्षेत्रका स्थानीयहरु आन्दोलित भएका छन् ।

पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका लागि अधिग्रहणमा परेको जग्गाका जग्गाधनीहरुलाई ठाउँ खाली गर्न १५ दिने सूचना जारी गरेसँगै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

कोषले बस्ती स्थानान्तरण गर्ने भने पनि जग्गा उपलब्ध नगराएको काठमाडौं–८ तिलगंगा क्षेत्रका स्थानीहरुले बताएका छन् । स्थानीय दीपकप्रसाद गौतमले सो क्षेत्रका बासिन्दालाई अन्यत्र सार्नका लागि २०७१ सालमा गरेको निर्णय कार्यान्वयनमा नल्याएको दाबी गरे ।

‘पशुपति क्षेत्र विकास कोषको एकाग्रही तरिकाले १५ दिने सूचना भनेको छ, उसले ०७७ सालमा निकालेको सूचना ३५ दिने भनेर लागेको छ । त्यो बेलामा पनि हामी प्रतिनिधि सहित आउँदा कार्यान्वयन गर्छौं भनेको हो । यिनीहरु आफूले गरेको कुराहरु ०७१ सालदेखि विभिन्न मितिमा गरेका विषयमा उनीहरु आफू कार्यान्वयन गर्न नसक्ने र जनतालाई दुःख दिने । हामीलाई स्थानान्तरण गर्नुपर्ने ठाउँको जग्गा देउ, हामी चाँडो जान्छौँ भन्दा पनि उनीहरुले १० औं वर्षसम्मा आन्तरिक विवादमा काम गरेका छैनन् । १५ दिनभित्र तुरुन्त हटेर जा भनेको छ, हामी त्यसकै विरोधमा आएका छौं,’ उनले भने ।

त्यस्तै अर्का स्थानीय आयुष श्रेष्ठले १५ दिनभित्र घर छोडेर जाने सूचना निकाले पनि कोषले जग्गा उपलब्ध नगराएसम्म आफूहरु कहीँ नजाने बताए । ‘जग्गा दिएको भोलिपल्ट नै छोडेर जान्छौं,’ उनले भने ।

तिलगंगा (बि १३) मा घरजग्गा अधिग्रहणमा परेका भण्डारी, बिसेटहरुलाई कोषको पूर्व नीतिअनुसार उमाकुण्ड (बि ३) क्षेत्र र गोठाटार क्षेत्रमा घडेरी उपलब्ध गराउने भनी २०७१ साल असार १ मा निर्णय गरेको भएपनि हालसम्म जग्गा उपलब्ध गराउन सकेको छैन । असार १ मा कोषले ठाउँ खाली गर्न सार्वजनिक सूचना जारी गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर