भ्रष्टाचार विरोधी अभियन्ताका नाममा ठगी गर्ने ४ पक्राउ
४ असार २०८१ १३:३५
भ्रष्टाचारविरुद्धको अभियन्ताको रुपमा चिनाउने ४ जनालाई प्रहरीले ठगी आरोपमा पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ का ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर–८ का २६ वर्षीय आदर्श क्षेत्री, गोकर्णेश्वर–१ कि २० वर्षीया अस्मिता खत्री र गोकर्णेश्वर–२ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरुले आफूहरु भ्रष्टाचार विरोधी अभियन्ता भन्दै ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामको संस्थाका नाममा ठगी गरेको पाइएको छ ।
परिसरका प्रवक्ता तथा एसपी नवराज अधिकारीले उनीहरुले सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनीहरुमा गएर भ्रष्टाचारको छानबिन गर्न आएको भनेर धम्क्याई रकम असुल्ने गरेको पाइएको जानकारी दिए ।
उनीहरुले वडाहरुमा समेत संस्थाको शाखा विस्तारको गरेका थिए ।
प्रतिक्रिया