कुकुरलाई यातना दिई मारेको आरोपमा इलामबाट तीन जना पक्राउ
३ असार २०८१ १३:०६
कुकुरको बच्चालाई तड्पाएर मारेको आरोपमा इलामबाट ३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय इलामका अनुसार उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको हो ।
उनीहरुले कुकुरलाई कुटेको र जिउँदै खाल्डोमा पुरेको भिडियो सार्वजनिक र भाइरल भएको थियो । सुगम मोराहाङ लिम्बू नामको फेसबुक एकाउन्टमा उक्त भिडियो पोस्ट भएको थियो । भिडियो अहिले हटाइसकिएको छ ।
भिडियो आएपछि पशु कल्याण संघ काठमाडौंले इलाम प्रहरीमा जाहेरी दिएको थियो । नेपालको कानुनअनुसार कुनै पनि पशुप्राणीलाई क्रुरतापूर्वक मारेमा तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ ।
प्रतिक्रिया