दक्षिण सुडानको अनमिस मिसनबाट प्रहरी टोली स्वदेश फिर्ता

नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले संयुक्त राष्ट्र संघको अनुरोधमा शान्ति स्थापनार्थ दक्षिण सुडानस्थित अनमिस मिसनमा खटिई आफ्नो एक वर्ष कार्यकाल सफलतापूर्वक सम्पन्न गरी स्वदेश फिर्ता भएका प्रहरी टोलीलाई आइतबार स्वागत गरेका छन् ।

उक्त अवसरमा प्रहरी नायब महानिरीक्षक भट्टराईले शान्ति स्थापनामा सहभागी भई स्वदेश फिर्ता भएका प्रहरी कर्मचारीहरूलाई प्रशंसा पत्र प्रदान गर्दै संगठनले दिएको जिम्मेवारीलाई संयुक्त राष्ट्र संघको मापदण्ड अनुरूप उच्च मनोबलका साथ प्रभावकारी रूपमा पुरा गरी स्वदेश फिर्ता भएकोमा बधाई दिए ।

मिसनमा रहँदा आर्जन गरेको ज्ञान, सीप र अनुभवलाई सदुपयोग गरी स्वदेशमा पनि संगठनले दिएको जिम्मेवारीलाई रचनात्मक तरिकाबाट पूरा गर्नुपर्ने उनले बताए ।

२०८० जेठ ११ मा खटिई गई गत जेठ ११ मा स्वदेश फिर्ता भएका १४ जना र २०८० जेठ १७ मा खटिई गई गत जेठ १७ मा स्वदेश फिर्ता भएका ३ जनासहितको उक्त टोलीमा प्रहरी नायब उपरीक्षक २ जना, प्रहरी निरीक्षक ११ जना र प्रहरी नायब निरीक्षक ४ जना गरी १७ जना प्रहरी कर्मचारीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर