श्रीमतीको हत्या गरेर प्रहरीमा बेपत्ता भएको निवेदन
आफ्नै श्रीमती ३६ वर्षीया रूबी यादवको हत्या गरेको अभियोगमा क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने ३८ वर्षीय राज नारायण यादवललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
राज नारायणले आफ्नै श्रीमतीको हत्या गरी मिथिला नगरपालिका–५ स्थित औरही खोला बाबाको मन्दिर छेउको खोल्सामा फालेको खुल्न आएपश्चात इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
केही दिनदेखि बेपत्ता रुबिको शव शनिबार फेला परेको हो । राजनारायणले नै श्रीमती हराएको र खोजिदिन भन्दै जेठ २७ मा इलाका प्रहरी कार्यालय सखुवामा निवेदन दिएका थिए ।
प्रहरीले अनुसन्धान थालेपछि राजनारायणमाथि नै शंका बढेको थयो थियो । उनले हराउनुअघि जेठ २६ मा औरही बाबाको दर्शन गर्न श्रीमतीलाई लगेको परिवारको सदस्यबाट खुल्यो । फर्किंदा राजनारायण मात्र आएका थिए ।
प्रहरीले नियन्त्रणमा लिएर केरकार गरेपछि उनले हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ । उनले घटनास्थलका बारेमा बताएपछि प्रहरीले रुबिको शव बरामद गरेको हो ।
केही महिनाअघि वैदेशिक रोजगारीबाट फर्किएका राजनारायण र रुबीबीच विवाद थियो । राजनारायणको अर्कै प्रेमिका भएको भन्दै दुईबीच मनमुटाव भएको थियो । राजनारायणले रुबिमाथि कुटपिट गर्ने गरेको आरोप पनि छ ।
प्रतिक्रिया