कृषि विकास सहकारीको बचत अपचलनको आरोपमा अध्यक्षसहित चार पक्राउ

ललितपुरको कुमारीपाटीस्थित कृषि विकास बहुउद्देश्यीय सहकारीको बचत अपचलनको आरोपमा सहकारीका अध्यक्षसहित ४ जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सहकारीको रकम घोटालामा संलग्न भएको आरोपमा पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष तेजविक्रम थापा, व्यवस्थापक सजना राजकर्णिकार, सदस्यहरू भीमसेन महर्जन र सञ्जय सापकोटा छन् ।

सहकारीका ५६६ जना बचतकर्ताले उनीहरुविरुद्ध उजुरी दिएका थिए । २ अर्ब ८० करोड निक्षेप रहेको यस सहकारीमा ९४ करोड २३ लाख ४२ हजार ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सहकारी ठगी प्रकरणमा छानबिन गर्न बनेको संसदीय छानबिन समितिको कार्यादेशमा पनि यो सहकारीको नाम छ । प्रहरीले उनीहरूको साथबाट मोबाइल, पेन ड्राइभ, केही चेक, गाडीलगायत बरामद गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *