वर्तमान निर्वाचन प्रणालीमा सुधार आवश्यकः कोइराला

कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको बताएका छन् ।

मधेस प्रदेशस्तरीय संविधान कार्यान्वयनमा नेपाल डेमोक्र्याटिक लयर्स एसोसिएसनले आज आयोजित स्थानीय तहमा कानुनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले अब प्रत्यक्ष निर्वाचन प्रणालीमा जानुपर्ने आवश्यकता रहेको बताए ।

‘नेपालको सन्दर्भमा विद्यमान समानुपातिक निर्वाचन प्रणालीमाथि पुनरवलोकन गर्ने बेला आएको छ,’ उनले भने ।

पटक–पटक संघीय तथा प्रदेश सरकारमा हुने परिवर्तनले मुलुकमा राजनीतिक अस्थिरता बढ्दै जाँदा अनियमितता र भ्रष्टाचार मौलाइरहेको उनको तर्क छ । नेता कोइरालाले स्थानीय पालिकालाई राज्यले अधिकार सम्पन्न गराए पनि त्यसको संरचना तथा कार्यशैली पुरानै रहेकाले यसको संरचनामा सुधार आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *