एकीकृत समाजवादीको अबको अध्यक्ष को ?

एमालेबाट विभाजन भएर बनेको एकीकृत समाजवादी (एस) को महाधिवेशन असार १६ देखि २० सम्म हुँदै छ । महाधिवेशनले अध्यक्षलगायत पदमा नयाँ पदाधिकारीलाई चयन गर्ने छ ।

हाल माधवकुमार नेपाल अध्यक्ष रहेको यस पार्टीमा अबको अध्यक्ष को ? दाबेदार को को छन् ?

नयाँ पार्टी भए पनि यसका अध्यक्षका प्रतिस्पर्धी भने नेपाली राजनीतिका पुरानै अनुहार छन् । हालसम्म अध्यक्षका लागि प्रतिस्पर्धीको नाम औपचारिक घोषणा भइसकेको त छैन ।

तर, नेपाली राजनीतिमा चार दशकदेखि सक्रिय झलनाल खनाल र वर्तमान अध्यक्ष नेपालबीच नै प्रतिस्पर्धा हुने देखिएको छ । उनीहरुलाई दोस्रो पुस्ताका रुपमा महासचिव घनश्याम भुसालले चुनौती दिने भएका छन् ।

यी नेताहरुले अध्यक्षमा उठ्नका लागि तयारी गरिरहेको र नेता तथा कार्यकर्तालाई आफू उम्मेदवार हुने सन्देश दिएको समाजवादीका एक नेताले बताए । खनाल, नेपाल कुनै बेला एमालेको महासचिव, अध्यक्ष भइसकेका नेता हुन् । भुसाल पनि लामो समयदेखि प्रमुख नेताको रुपमा रहँदै आएका छन् ।

महाधिवेशनमा १ हजार ८ सय ७८ प्रतिनिधि सहभागी हुने जनाइएको छ । एकीकृत समाजवादी २०७८ भदौमा एमालेबाट विभाजन भई गठन भएको थियो । १ लाख ४६ हजार ७ सय संगठित सदस्यबाट महाधिवेशन प्रतिनिधि चयन हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *