
रास्वपालाई संगठन र कार्यकर्ताको आवश्यकता महसुस भयोः वाग्ले

रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीलाई संगठनको आवश्यकता भएको महसुस गरेको बताएका छन् ।
शनिबार काठमाडौंमा राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापनाको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले पुरानो पार्टीका भद्दा नक्कल नगर्ने कुरामा आफूहरु सचेत रहेको बताए । पार्टीलाई कार्यकर्ता र संगठन आवश्यक रहेको र यसको पछिल्लो उदाहरण इलाम र तनहुँमा देखिएको उनले उल्लेख गरे । संगठन नहुँदा समुदायसम्म पुग्न कठिन भएकोे बताए ।
‘सबैभन्दा खड्केको हामीलाई त्यो अन्तिमको मौन अवधिमा जुन किसिमले अफवाहहरु फैलाइए, त्यसलाई चिर्नका लागि हाम्रो टोल टोलमा, वडा वडामा साथीहरु नै भएनन् । मौन अवधिमा विज्ञप्ति निकाल्न नमिल्ने, भिडियो वक्तव्य निकाल्न नमिल्ने, नेताहरुले भाषण गर्न नमिल्ने, त्यो अन्तिम घडीको अफवाहहरु चिर्न कार्यकर्ताहरु नै चाहिन्थ्यो । पातलो चुस्त संरचना हामीले कल्पना गर्नैपर्छ,’ उनले भने ।
उपसभापति वाग्लेले रास्वपाले सुसंस्कृत राजनीतिको अभियान छेडेको बताए ।
- सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुन जरूरी : प्रहरी महानिरीक्षक थापा
- तनहुँमा ६ आधारभूत स्वास्थ्य केन्द्र निर्माणका लागि मन्त्रालयले पठायो बजेट
- यी हुन् सशस्त्र प्रहरी महानिरीक्षक कप अन्तर्गत मंगलबार सम्पन्न खेल
- सल्लाह गरेरै डण्डि र सिमेन्ट व्यवसायीहरुले निर्माण व्यवसायमा सिन्डिकेट लगाउन खोजे : रवि सिंह
प्रतिक्रिया