विदेशी मुद्राको विनिमय दर : कुन मुद्रा कतिमा खरिद-बिक्री ?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्री दर १३४ रुपैयाँ रहेको छ ।

यस्तै, युरो एकको खरिद दर १४२ रुपैयाँ ७६ पैसा र बिक्री दर १४३ रुपैयाँ ४० पैसामा झरेको छ । शुक्रबार युरो एकको खरिद दर १४३ रुपैयाँ ९४ पैसा र बिक्री दर १४४ रुपैयाँ ५९ पैसामा कारोबार भएको थियो ।

आज, बेलायती पाण्उड एकको खरिद दर १६९ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ २७ पैसा रहेको छ । शुक्रबार पाण्उड एकको खरिद दर १७० रुपैयाँ ३७ पैसा रहेकोमा  बिक्री दर १७१ रुपैयाँ १४ पैसा पुगेको थियो ।

यस्तै, आज कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५९ पैसा र बिक्री दर ३६ रुपैयाँ ७५ पैसा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *