काठमाडौं महानगरले हाडीगाउँ र वसन्तपुरमा होमस्टे सञ्चालन गर्ने

काठमाडौं महानगरपालिकाले हाँडीगाउँ र वसन्तपुर क्षेत्रमा होमस्टे सञ्चालन गर्ने भएको छ।

नगरसभाको आजकाे बैठकमा महानगर प्रमुख बालेन साहले आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रममा उक्त स्थानमा होमस्टे सञ्चालनका लागि प्रोत्साहनसहित आवश्यक परामर्श गर्ने नीति लिएको बताए।

हाँडीगाउँलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक परामर्श गर्ने नीतिसमेत महानगरले लिएको छ। त्यस्तैगरी, विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ र स्वयम्भूनाथलाई महानगरकै मातहतमा सञ्चालन र व्यवस्थापनका लागि सम्बन्धित निकायसँग आवश्यक छलफल र परामर्श गर्ने नीति लिएको पनि उनले जानकारी गराए।

साथै इन्द्रजात्रा, सेतो मत्स्येन्द्रनाथ जात्रा, पचली भैरव जात्रा तथा अन्य पर्व  तथा स्थानीय परिकारलाई संरक्षण र संवर्द्धन गर्दै सम्भावना भएका थप कला संस्कृतिहरूलाई युनेस्कोमा सूचीकृत गर्न आवश्यक पहल गर्ने नीति लिइने उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर