अजीत डोभाल तेस्रो पटक भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त

भारतमा अजीत डोभाललाई फेरि एकपटक राष्ट्रिय सुरक्षा सल्लाहकार बनाइएको छ ।

डोभाललाई लगातार तेस्रो पटक यो जिम्मेवारी दिइएको हो । प्रधानमन्त्रीमा नरेन्द्र मोदीको शपथ ग्रहणपछि डोभालको जिम्मेवारी कसले पाउला भन्ने चासो थियो । तर, मोदीले डोभालमाथि नै विश्वास व्यक्त गरेका छन् । सन् २०१४ मा सत्तामा आएपछि प्रधानमन्त्री मोदीले डोभाललाई पहिलो पटक राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका थिए । २०१९ मा उनी फेरि यो पदमा पाँच वर्षका लागि नियुक्त भएका थिए ।

पछिल्लो दशकमा डोभालले मोदी सरकारको कार्यकालमा धेरै महत्त्वपूर्ण कामहरू गरेका छन् । सन् २०१४ मा, अजित डोभालले इराकको टिक्रिटको एक अस्पतालमा फसेका ४६ भारतीय नर्सहरूलाई रिहा गरे । उनी त्यहाँको अवस्था बुभ्mन शीर्ष गोप्य मिसनअन्तर्गत २५ जुन २०१४ मा इराक गएका । नर्सहरूलाई ५ जुलाई २०१४ मा भारत फिर्ता ल्याइएको थियो । सेप्टेम्बर २०१६ मा भारत द्वारा सर्जिकल स्ट्राइक र फेब्रुअरी २०१९ मा पाकिस्तानमा सीमापार बालाकोट एयर स्ट्राइक डोभालको निगरानीमा गरिएको थियो । उनले डोकलाम विवाद अन्त्य गर्न पनि सहयोग गरे । यसबाहेक, पूर्वोत्तरमा चरमपन्थीसँग लड्न निर्णायक कदम चालिएको थियो ।

सन् १९४५ मा उत्तराखण्डमा जन्मेका उनी कीर्ति चक्रबाट सम्मानित हुने भारतका सबैभन्दा कान्छो सुरक्षा अधिकृत थिए । यो सैन्य कर्मचारीहरूको लागि वीरता पुरस्कार हो । राष्ट्रिय सुरक्षा सल्लाहकार भारतको राष्ट्रिय सुरक्षा परिषद् (एनएसी) का वरिष्ठ अधिकारी हुन् । उनी राष्ट्रिय सुरक्षा नीति र रणनीतिक मामिलामा भारतीय प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको रूपमा काम गर्छन् । राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) लाई भारतको आन्तरिक र बाह्य खतरा र अवसरहरूसँग सम्बन्धित सबै मामिलामा प्रधानमन्त्रीलाई नियमित रूपमा सल्लाह दिने जिम्मेवारी दिइएको छ । एनएसएको कार्य पोर्टफोलियोमा प्रधानमन्त्रीको तर्फबाट रणनीतिक र संवेदनशील मुद्दाहरूको निरीक्षण समावेश छ । भारतको राष्ट्रिय सुरक्षा सल्लाहकारले चीनसँग प्रधानमन्त्रीको विशेष वार्ताकार र सुरक्षा मामिलामा पाकिस्तान र इजरायलका लागि राजदूतको रूपमा पनि काम गर्छन् । २०१९ मा, भारत सरकारले डोभाललाई एनएसए बनाएर क्याबिनेट रैंक दिएको थियो ।

भारतमा यो पद सन् १९९८ मा स्थापना भएको हो । त्यसपछि नियुक्त भएका सबै एनएसए भारतीय विदेश सेवा वा भारतीय प्रहरी सेवाका हुन् । अटल बिहारी वाजपेयीको कार्यकालमा ब्रजेश मिश्र पहिलो राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । उनी यही पदमा २२ मे २००४ सम्म रहे । त्यसपछि यो जिम्मेवारी मनमोहन सिंह सरकारको कार्यकालमा आईएफएस अधिकारी जेएन दीक्षितलाई सुम्पिएको थियो । त्यसपछि आईपीएस एमके नारायणनले ३ जनवरी २००५ देखि २३ जनवरी २०१० सम्म यो पद सम्हालेका थिए । उनीपछि, आईएफएस शिवशंकर मेनन २४ जनवरी २०१० देखि २८ मे २०१४ सम्म राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । सन् २०१४ मा मोदी प्रधानमन्त्री भएपछि डोभाललाई यो पदमा नियुक्त गरिएको थियो । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर