सरकारले सबै जमिन आफ्नो मातहत ल्याउने नीति बनाउनुपर्छः सांसद चौधरी

सत्ता साझेदार एकीकृत समाजवादीका प्रमुख सचेतक मेटमणि चौधरीले सरकारले सबै जमिनलाई सरकारको मातहत ल्याउने नीति बनाउनुपर्ने बताएका छन् ।

बिहीबार प्रतिनिधि सभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा माग लिँदै प्रमुख सचेतक चौधरीले जमिनबाट आम जनताको शोषण भइरहेकाले पनि सरकारले उनीहरुलाई न्याय दिन पनि सबै जमिन सरकारले आफ्नो मातहत ल्याउनुपर्ने आवश्यकता औंल्याए ।

जमिनको माध्यमबाट जनतामाथि चरम शोषण भएको र वास्तविक किसानले श्रमको मूल्य पाउन नसकिरहेको अवस्थामा सरकारले सबै जमिनलाई आफ्नो मातहत ल्याउन आवश्यक रहेको उनको भनाई थियो । प्रमुख सचेतक चौधरीले सरकारले सो जमिन कृषि र उद्योगको क्षेत्रमा काम गर्ने आम नागरिकलाई तिरो लिएर लिनुपर्ने योजना पनि प्रस्तुत गरे ।

‘जमिनप्रति मानिसहरुको मोहभंग दिनप्रतिदिन भइरहेको छ । समग्रमा जनतामा गरिबी कायमै छ । जीवन शैली असहज बनेको छ । महंगी बढेको छ । उत्पादकत्व क्षमतामा कमी आएको छ । यी सबैको एउटै निष्कर्ष के हो भने सबै जमिन सरकारको बनाउने,’ उनले भने ।

प्रमुख सचेतक चौधरीले बाँझो जमिन परिचालन गर्ने दिशामा सरकारले ठोस योजना बनाउन नसकेको गुनासो पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर