काठमाडौं महानगरका विद्यालयका सटर बन्द नगर्न अन्तरिम आदेश

उच्च अदालत पाटनले काठमाडौं महानगरस्थित सामुदायिक विद्यालयले भाडामा दिएका सटरहरु बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश लेखनाथ पौडेलको इजलासले असार ७ सम्मका लागि सटरहरु बन्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । महानगरले विद्यालयले भाडामा लगाएका सटरहरुमा ताला लगाउन थालेपछि उच्च अदालतमा रिट निवेदन दायर भएको थियो ।

तुलसीप्रसाद अगस्तीले मंगलबार दायर गरेको रिटमा अदालतले सुनुवाइ गर्दै दुवै पक्षलाई असार ७ मा छलफलका लागि बोलाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर