जनता समाजवादी पार्टी नेपालको नयाँ नेतृत्व चयन गर्न मतदान हुँदै

जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को राष्ट्रिय एकताको महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न आज अपराह्नदेखि मतदान हुने भएको छ।  केन्द्रीय निर्वाचन समितिका अनुसार दिउसो १२ः३० बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । त्यसपछि मतदान प्रारम्भ हुने जनाइएको छ ।

पदाधिकारी र केन्द्रीय सदस्यमा परेको अन्तिम उम्मेदवारको सूची सार्वजनिक गर्न निर्वाचन समितिलाई बुधवार अबेर राति भएको थियो। उम्मेदवारीमा दाबी विरोध र दाबी विरोध उपर निर्णय भइसकेको छ।

२०१ केन्द्रीय सदस्य र अध्यक्ष, सह अध्यक्ष, महासचिव, सह महासचिव, कोषाध्यक्ष, सचिव र सहसचिव गरी २० पदाधिकारीका लागि बुधवार मनोनयन दर्ता भएको थियो।

अध्यक्षबाहेक अब एक जना सह अध्यक्ष, उपाध्यक्षमा ५, महासचिवमा २, उपमहासचिवमा ३, सचिवमा ७, कोषाध्यक्षमा १ जना गरी १९ पदाधिकारी तथा केन्द्रीय सदस्य गरी २०१ पदका लागि निर्वाचनमा प्रतिस्पर्धा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *