बालेनको ‘एक्सन’ : सिंहदरबारबाट चार बालश्रमिकको उद्धार

काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रै चार जना बालश्रमिकको उद्धार गरेको छ ।

बुधबार सिंहदरबारभित्रका विभिन्न खाजा घरमा काम गर्ने चार बालश्रमिकलाई महानगरपालिकाले अनुगमन गरी चार बालश्रमिक उद्धार गरेको हो ।काठमाडौ महानगरपालिका मेयरका सचिवालय सदस्य धिरज जोशीले सिंहदरवारभित्रका विभिन्न क्यान्टिनमा काम गर्ने दुई बालक र दुई बालिकालाई उद्वार गरिएको बताए ।

उनले चार जना बालबालिका मध्ये तीन जनाको नागरिकता नभएको र एक जनाको नागरिकतामा १६ वर्ष उमेर भन्दा कम देखिएको बताए ।

महानगरपालिकाले काठमाडौं महानगरभित्र हुने बाल शोषणलाई अन्त्य गर्नको लागि सिहदरबार तथा व्यक्तिको घरमा काम गर्ने बालबालिकालाई उद्वार गर्ने बताए । उनले देशको सबै भन्दा ठूलो प्रशासनिक केन्द्र जहाँ नागरिकता नलिई छिर्न नपाउने प्रशासनिक क्षेत्रमा नागरिकता नबनेका कलिला बच्चाहरुलाई काममा लगाएको पाइएको बताए ।

उनले भारतीय बालबालिका थिए भन्ने गुनासो आए पनि अनुगमनका क्रममा नभेटिएको बताए ।उनले बालश्रम विरुद्ध महानगरपालिका निरन्तर लागि रहने बताए । उनले महानगरपालिका बालबालिकाको हकलाई लिएर गम्भिर रहेको बताए । उनले दिनभरी काम गर्नु पर्ने र विद्यालय जान नपाउने भन्ने खबर आएपछि उनीहरुलाई उद्वार गरीएको बताए । उनले महानगर पालिकाले सबै बाल उद्वारसम्बन्धि सरकारी निकायहरुसँगको समन्वयमा काम गरिरहेको बताए ।

उनले भने,‘  महानगरको दिवस विशेषमा काम गर्ने बानी छैन । दिनभरी काम गर्नु पर्ने र विद्यालय जान नपाउने भन्ने खबर आएपछि उनीहरुलाई उद्वार गछौं । आज सिंहदवारबाट दुई जना बालक र दुई जना बालिका चार जनालाई उद्वार गरौं । श्रम सम्झौता विना तथा उमेर नपुगी काममा राखिएको रहेछ । बालबालिकाहरुको नागरिकता देखाउन सक्नु भएको छैन । एक जनाले नागरिकता देखाए पनि १६ वर्ष मात्रै पुगेको छ । सबै बाल उद्वारसम्बन्धि सरकारी निकायहरुसँगको समन्वयमा काम गरिरहेका छौं ।

महानगरपालिका केही दिनदेखि बालश्रमिक विरुद्ध अभियान चलाइरहेको छ ।

हेर्नुहाेस भिडियाे:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर