राष्ट्रपति महिला उत्थान कार्यक्रम खारेज गर्न माग

मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाममा भ्रष्टाचार बढेको भन्दै खारेज गर्नुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा सहरी विकास, रक्षा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, कानून, संघीय मामिला मन्त्रालयको विनियोजन विधेयक माथिको छलफलमा बोल्दै उनले राष्ट्रपति महिला उत्थान कार्यक्रमको नाममा भएको भ्रष्टाचार कारण राष्ट्रपतिको बद्नाम भएकाले उक्त कार्यक्रम खारेज गर्न आवश्यक रहेको बताए ।

उनले उक्त कार्यक्रम खारेज गरी दुर्गम तथा पहाडी क्षेत्रका गर्भवती तथा सुत्केरी हवाई उद्वार गर्ने जिम्मा सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई दिन उपयुक्त हुने बताए । उनले पछाडि पारिएका महिला कामदार वर्गका महिलालाई प्राथमिकतामा राखेर शिक्षा र स्वास्थ्य सेवा निःशुल्क तथा रोजगारीको व्यवस्था गरेर मात्रै सरकारी कार्यालयमा अडिट गराउनु पर्ने बताए ।

उनले खुला सिमाना भएर चेलीबेटी बेचबिखन हुने भएकाले दुवै देशको हितको लागि खुला सीमा बन्द गर्न सरकारले पहल गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर