आईसीसी टी–२० विश्वकप : वर्षाका कारण नेपाल र श्रीलंकाबीचको खेल रद्द

आईसीसी टी-२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्द भएको छ । योसँगै दुवै टोलीले १-१ अंक बाँडेका छन् ।

मंगलबार राती देखिनै लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकी खेल रद्द भएको हो । नेपाल र श्रीलंका दुवै खेलाडीले समर्थकलाई धन्यावाद दिएका छन् । नेपाली समर्थकको रंगशालामा बाक्लो उपस्थिति थियो ।

आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजरभ डे राखिएको छ । त्यसैले आज खेल हुन नसक्ने अवस्थापछि दुवै टोलीले १-१ अंक बाँडेका हुन् । जारी विश्वकपमा समूह बी मा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल मात्रै रद्द भएको छ । अन्य २२ मध्य २१ खेलको नतिजा आएको थियो ।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । उता श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

नेपालले अव सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग शनिबार र सोमबार बंगलादेशसँग खेल्ने। समूह डी बाट शीर्ष दुईमा रहँदै सुपर-८ मा पुग्न बाँकी दुवै खेल जित्नुपर्ने हुन्छ । समूह डी मा दक्षिण अफ्रिका सुरुवाती ३ खेलमा ६ अंकका साथ सुपर ८ मा पुगी सकेको छ ।

बंगलादेश र नेदरल्यान्ड्सको समान २ खेलमा १ मा जित र १ मा हारसहित २-२ अंक छ । नेटरनरेटका कारण बंगलादेश दोस्रो र नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् । नेपाल २ खेलमा १ अंकका साथ चौथो स्थानमा छन् । श्रीलंका ३ खेलमा १ अंकका साथ पुछारमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर