समाजवादी मोर्चामा विचलन देखियो : विप्लव

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले समाजवादी मोर्चामा विचलन आएको बताएका छन्।

सोमबार जनकपुरमा भएको जनता समाजवादी पार्टीको प्रथम राष्ट्रिय महाधिवेशन कार्यक्रममा बोल्दै उनले नेपालमा समाजवादी मोर्चाको आवश्यकतालाई देखेर मोर्चा बने पनि पछिल्लो समय विचलन आएको र व्यस्थित रुपमा लानको लागि छलफल जारी रहेको बताए।

उनले नेपालमा अहिले समाजवादी मोर्चाको आवश्यकता रहेको भन्दै मोर्चालाई निरन्तरता दिन आवश्यक रहेको उल्लेख गरे। उनले विश्वमा पुँजीवादले ठूलो युद्धको षड्यन्त्र गरिरहेको बताए।

उनले विश्व बजार, पैसा, अर्थतन्त्रको संकटलाई बहाना बनाएर युद्धद्वारा श्रमिक जनतामाथि खेलवाड हुने काम भइरहेको भन्दै यस्तो कार्यले संसारलाई तेस्रो विश्व युद्धतिर लगिरहेको उल्लेख गरे।

उनले ठूलो परिर्वतनपछि पनि नेपालमा जनताले न्याय नपाएको बताए। उनले नेपाललाई पनि कुनै न कुनै रुपले अर्को एउटा भिडन्ततिर डोर्‍याएको दाबी गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर