स्वास्थ्यउपचार सरल र सहज ढंगले हुने वातावरण बनाउन सांसदहरुले गराए सरकारलाई ध्यानाकर्षण

सांसदहरुले नागरिकहरुले स्वास्थ्यउपचार सरल र सहज ढंगले गराउन सक्ने वातावरण बनाउन स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई आग्रह गरेका छन् ।

सोमवार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै सांसदहरुले नागरिकको स्वास्थ्यउपचार सरल र सहज ढंगले गराउन सक्ने वातावरण बनाउन स्वास्थ्य तथा जनसंख्यामन्त्रीलाई आग्रह गरेका हुन् । यसका लागि स्वास्थ्यकर्मीहरुको जनशक्ति, स्वास्थ्य उपकरणहरुको उपलब्धताका साथै विपन्न नागरिकहरुको उपचारमा ध्यान पु¥याउन सांसहरुको आग्रह छ । बैठकमा बोल्दै प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले नागरिकहरुले आधारभुत उपचार वडास्तरमा नै पाउनसक्ने अवस्था बनाउन आग्रह गरे । उनले बिरामीहरुले सरकारी अस्पतालमा अपरेशन गर्नुपरे चार, पाँच महिना पछि धकेलिने गरेको भन्दै समयमै अपरेशन गर्न पाउने अवस्था बनाउन पनि माग गरे । उनले चिकित्सकहरुको सेवा, सुविधा बढाएर भएपनि खटाएको ठाउँमा जानैपर्ने अवस्था सिर्जना गर्नुपर्ने बताए ।

प्रतिनिधि सभा सदस्य ईश्वरी घर्तीले स्वास्थ्य उपकरणहरु चलाउने विशेषज्ञ जनशक्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले जिल्लास्तरका अस्पतालहरुमा उपकरण चलाउने विशेषज्ञ जनशक्ति भएमा काठमाडौंका अस्पतालहरुमा भीड नहुने बताए । उनले विशेषज्ञहरुको कमी भएमा उनीहरुलाई पालैपालो विभिन्न जिल्लाहरुमा घटाउन सकिने धारणा राखे ।

प्रतिनिधि सभा सदस्य डा।तोसिमा कार्कीले स्वास्थ्यकर्मीहरुको सरुवा गर्नका लागि स्वास्थ्यकर्मी परिचालन तथा सरुवा मापदण्ड बनाएर लागु गरिनुपर्ने बताए । उनले स्वास्थ्यकर्मीको दरबन्दी बढाउने विषयलाई प्राथमिकता दिनुपर्ने पनि बताए ।

प्रतिनिधि सभा सदस्य राम प्रकाश चौधरीले सरकारी अस्पतालहरुमा दरबन्दी बढाउन माग गरे । उनले राजमार्गहरुमा ट्रमा सेन्टर बनाउन सरकारको ध्यानाकर्षण गराए । नगर अस्पतालहरुमा चिकित्सकको अभाव भएको भन्दै त्यस्ता अस्पातालहरुको बारेमा पनि संघीय सरकारले सोच्नुपर्ने बताए ।

प्रतिनिधि सभा सदस्य विनिता कुमारी सिंहले तराई मधेशमा विद्युत काटिने समस्याले अस्पतालमा समेत प्रभाव पारेको भन्दै यसतर्फ सरकारको ध्यानाकर्षण गराए । उनले एम्बुलेन्सको समेत अभाव हुने गरेको बताए। त्यस्तै मनसुनमा सर्पको टोकाइबाट धेरै समस्या पर्ने गरेको भन्दै सिरहामा सर्पदंश उपचार केन्द्र बनाउन माग गरे ।

प्रतिनिधि सभा सदस्य संगीता मण्डल धानुकले मधेशका अस्पतालहरु असाध्यै फोहोर हुने गरेका भन्दै अस्पताल सफा बनाउनेतिर सरकारले ध्यान पु¥याउनुपर्ने बताए । त्यस्तै ल्याबहरुले पनि फरक–फरक परिणाम देखाउने गरेको भन्दै मधेसमा भएका ल्याबहरुको पनि सुधार गर्नु आवश्यक रहेको बताए । त्यस्तै मधेसका महिलाहरुमा स्वास्थ्य सचेतना गराउनुपर्ने पनि बताए ।

उनले मधेसमा जनताहरुलाई लामखुट्टेबाट बचाउनका लागि आम रुपमा औषधि छर्किनुपर्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर