सरकारलाई माओवादी केन्द्रकी सांसद बेल्बासेको दबाब- दुध किसानको भुक्तानी छिटो दिइयोस्

सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी) केन्द्रका राष्ट्रिय सभाकी सांसद गंगाकुमारी बेल्बासेले दूध किसानको भुक्तानी तत्काल उपलब्ध गराउन सरकारसँग माग गरेकी छन्। दुग्ध संस्थानले उनीहरुको भुक्तानी नदिएको गुनासोसहित किसानहरुले फेरि काठमाडौंमा काठमाडौंमा सरकारबिरुद्ध अभियान संचालन गर्ने तयारी गरिरहेका बेला सांसद बेल्बासेले सो कुरा बताएकी हुन्।

सोमबार राष्ट्रियसभा बैठकमा विशेष समयमा उनले दूध किसानका जायज मागलाई सरकारले छिटो सम्बोधन गर्नुपर्ने बताइन्। सांसद बेल्बासेले दुग्ध विकास संस्था लगायतका संस्थाहरुलाई चुस्तदुरुस्त बनाउन पनि सरकारलाई सचेत गराइन्।

उनले भने, ‘दूध किसानहरु आफ्नो समस्या लिएर काठमाडौं आएको समाचारहरु बारम्बार सुनि राखिएको छ। यतिखेर पनि त्यो कुरा उठेको छ। सडकमा दूध पोख्ने किसानका कुरा हुन् कि किसानले पाउनुपर्ने दूधको मूल्य नपाएको कुरा सही हो। त्यो किसानहरुले नै भनेको र उनीहरु स्वयमले उठाएको कुरा हो। यति रकम पाउन बाँकि छ भनेर उहाँहरुले भनिराख्नुभएको छ। त्यसको व्यवस्थापन छिटो गरियोस्। र यस्ता संस्थाहरुलाई कसरी व्यवस्थापन गर्ने? चुस्तदुरुस्त बनाउनका लागि सरकारले कदम चालोस् भन्ने कुरा म राख्न चाहन्छु।’

सांसद बेल्बासले सरकारी संस्थानहरुमा सुधार नभएकाले कारणले जनताले दुःख पाउने गरेकाले त्यसको सुधारमा सरकारले विशेष अभियान नै सञ्चालन गर्नुपर्ने बताइन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर