वागमती प्रदेशस्तरीय श्रमाधान रोजगार मेला ललितपुरको पाटनमा हुँदै

सरकारले बागमती प्रदेश स्तरको श्रमाधान रोजगार मेला लतिपुरको पाटनमा गर्ने भएको छ । सोमबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गर्दै बागमती प्रदेश स्तरको श्रमाधान मेला लतिपुरको पाटन संयुक्त क्याम्पसको भवनमा गर्ने भएको जानकारी दिएको हो ।

सरकारले १७ जेठदेखि सातै प्रदेशमा श्रमाधान रोजगार मेला गरिरहेकाे छ । सोमबार ६ प्रदेशमा मेला सम्पन्न गरी अन्तिम श्रमाधान रोजगार मेला बागमती प्रदेशमा गर्न लागेको हो । पत्रकार सम्मेलनमा श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका उप–सचिव डम्बर सुनुवारले सरकारले अभियानको रूपमा आयोजना गरिरहेको श्रमाधान रोजगार मेला मंगलबार बागमती प्रदेशमा हुन लागेको बताए ।

उपसचिव सुनुवारले ६ प्रदेशहरूमा गरेको श्रमाधान मेलाले रोजगारीको खोजीमा रहेका श्रमिकलाई रोजगारदातासँग जोड्ने अवसर प्रदान भएको बताए । उनले स्वदेशमा नै बसेर नेपाली बाटोमा पौरख गर्ने वातावरण बनाउने उद्देश्यले सरकारले श्रमाधान रोजगार मेलाको अभियान गरेको बताए ।

उनले पाटनकाे मेलामा ८० भन्दा बढी रोजगारदाताहरूको स्टलसहित सहभागिता हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *