प्लस टुको परीक्षामा प्रश्नपत्र लिक गर्ने दुई पक्राउ

काठमाडौं प्रहरीले प्लस टु परीक्षाको प्रश्नपत्र लिक गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बागलुङ ग्वालीचौर–८ घर भई हाल ललितपुर–१८ बस्ने ३१ वर्षीय केशव घिमिरे र पाल्पा रिडिकोट–३ घर भई हाल काठमाडौं–१६ बस्ने २४ वर्षीय विकास ज्ञवाली छन् ।

राष्ट्रिय परीक्षा बोर्डबाट गत वैशाख १४ देखि २६ गतेसम्म परीक्षा सञ्चालन भएको थियो । उनीहरुले कक्षा १२ का परीक्षाहरु सञ्चालन भइरहेकै क्रममा ह्वाट्सएसप, मेसेन्जर, इन्स्टाग्राम, भाइबारमा ग्रुप बनाई प्रश्नपत्र लिक गरेको प्रहरीले जनाएको छ ।

उनीहरुविरुद्ध शिक्षा ऐन, २०२८ अन्तर्गतको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर