गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
२८ जेठ २०८१ १७:०४
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । सोमबारको प्रदेश सभा बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव राखेका थिए ।
माओवादीको चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले फ्लोरक्रस गरेपछि पाण्डेलाई विश्वासको मत प्राप्त भएको हो । देवकोटा डा. बाबुराम भट्टराई नेतत्वको समाजवादी पार्टीका सांसद हुन् । तर, उनले माओवादी चुनाव चिह्न लिएर चुनाव लडेका थिए ।
पाण्डेको पक्षमा कांग्रेसका २७, स्वतन्त्र सांसद दीपक मनाङेको १, राप्रपाको २ र देवकोटाको १ मत गरी ३१ मत प्राप्त भएको हो । गण्डकीको प्रदेशसभा ६० सदस्यीय छ ।
देवकोटा पक्षमा मत हाल्न गएपछि एमाले सांसदहरूले नाराबाजी गरेका थिए ।
प्रतिक्रिया