यी हुन् सुदूरपश्चिम प्रदेशका नयाँ मन्त्रीहरु
२८ जेठ २०८१ १६:०१
एमाले र माओवादीका मन्त्रीहरुलाई समेट्दै सुदूरपश्चिम प्रदेश सरकार विस्तार गरिएको छ । प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले एमाले र माओवादीबाट गरी ८ जनालाई मन्त्री नियुक्ति गरेका हुन् ।
एमालेका सुरेन्द्रबहादुर पाललाई आर्थिक मामिला, माओवादी केन्द्रका ओमबिक्रम भाटलाई सामाजिक विकास मन्त्री र स्वतन्त्र प्रदेश सभा सदस्य डा.ताराप्रसाद जोशीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त गरिएको छ ।
यस्तै, एमालेका वीरबहादुर थापा, हीरा सार्की, माओवादी केन्द्रका अक्कलबहादुर रावल, लक्ष्मी बिक र एकीकृत समाजवादीकी माया पन्तलाई मन्त्री नियुक्त गरिए पनि मन्त्रालय तोकिएको छैन ।
नवनियुक्त मन्त्रीहरुको सपथ साँझ ५ बजे गर्ने तयारी भएको छ । सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गरेको २ महिनापछि एमाले र माओवादी सरकारमा सहभागी भएका हुन् ।
प्रतिक्रिया