सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ
२८ जेठ २०८१ १५:२९
सेञ्चुरी बैंकका तत्कालीन अध्यक्षसहित ८ जना पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले तत्कालीन अध्यक्ष राजेश श्रेष्ठसहित ८ जनालाई नियन्त्रणमा लिएको हो ।
ठगीको मुद्दामा अनुसन्धानका लागि श्रेष्ठसँगै सुनिलकुमार न्यौपाने, प्राडा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र शिवगोपाल रिसाललाई पक्राउ परेको एसपी होबिन्द्र बोटगीले जानकारी दिए ।
धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको आरोपमा प्रहरीले अनुसन्धानका लागि उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
यसअघि २०८० फागुनमा तत्कालीन सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रमुख कार्यकारी अधिकृत रहेका मनोज न्यौपानेसँगै पूर्वप्रमुख कार्यकारी अधिकृत तुलसी गौतमलाई पनि सिआइबीले पक्राउ गरेको थियो ।
उनीहरू केही समयमा हाजिर जमानीमा छुटेका थिए ।
प्रतिक्रिया