सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार हुँदै, एमाले र माओवादीबाट यी नेता मन्त्री बन्दै

सुदूरपश्चिम सरकारमा एमाले र माओवादीले मन्त्री पठाउने भएका छन् ।

सरकारलाई समर्थन गरे पनि मन्त्रिपरिषद्मा सहभागी हुन अलमल गर्दै आएका एमाले र माओवादी अन्ततः मन्त्री पठाउन तयार भएका हुन् ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड’, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफलपछि एमाले र माओवादी प्रदेश सरकारमा सहभागी हुन तयार भएका हुन् ।

सुदूरपश्चिममा एकीकृत समाजवादीका दीर्घ सोडारी मुख्यमन्त्री छन् । उनी मुख्यमन्त्री भएको २ महिनापछि मन्त्रिपरिषद् विस्तार हुन लागेको हो । अब मन्त्रिपरिषदमा एमाले र माओवादीका ३–३ जना मन्त्री सहभागी हुनेछन् । उनीहरुले सोमबार नै शपथ लिने भएका छन् ।

एमालेबाट अर्थमन्त्रीमा सुरेन्द्र पाल तथा वीरबहादुर थापाले विनाविभागीय मन्त्रीको शपथ लिँदै छन् । माओवादीका ओमविक्रम भाट सामाजिक विकास मन्त्री बन्ने भएका छन् । माओवादीका वीरबहादुर थापा र हीरा सार्की मन्त्री बन्ने तय भए पनि मन्त्रालय तोकिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर