विपद् उद्धार अभ्यासमा सशस्त्र प्रहरी जवानको मृत्यु

बझाङमा विपद् उद्धार अभ्यासको क्रममा सशस्त्र प्रहरीका जवानको मृत्यु छ । मृत्यु हुनेमा केदास्यु गाउँपालिका–७ का २९ वर्षीय नरेन्द्रसिंह धामी छन् ।

जयपृथ्वीबहादुर नगरपालिकास्थित सेती नदीमा सोमबार प्राकृतिक विपद् उद्धारसम्बन्धी नमुना अभ्यास गर्ने क्रममा उनी बेहोस भएका थिए । उनलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पु¥याइएको थियो ।

तर, चिकित्सकले मृत घोषणा गरेको बझाङ प्रहरीले जनाएको छ । धामी सशस्त्र प्रहरीको अनआश्रित गुल्म बझाङमा कार्यरत थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर