एमालेले समाजलाई सचेत ढंगले अघि बढाउन छुट्टै भोलेन्टियर संस्था बनाउँछ : ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भोलेन्टियर्स नेशनल नेटवर्क बनाउने घोषणा गरेका छन् ।समाज परिवर्तनको प्रयासलाई सचेत ढंगले अघि बढाउनका लागि पार्टीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेशनल नेटवर्क बनाएर परिचालन गर्न चाहेको ओलीको भनाई थियो । एमालेले हालै सम्पन्न गरेको राष्ट्रिय महिला भेलामा महिलाहरुलाई मात्रै भोलेन्टियर्सको रुपमा परिचालन गरेको थियो । आईतवार पार्टी मुख्यालय च्यासलमा उनीहरुको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै ओलीले पार्टीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेशनल नेटवर्क बनाएर काम गर्ने सोचलाई अघि बढाएको बताए । उनले त्यसमा सहभागी हुनेले जंगी अनुशासनमा रहेर समाजलाई लयमा अघि बढाउन सहयोग गर्ने बताए ।

ओलीले भने, ‘हामी जानीबुझी सचेत ढंगले कुनै अलमलमा नपरी, दुविधा नभई अन्धविश्वासमा होइन । विश्वासमा र भ्रममा होइन, स्पष्टतामा यो लोक, यो देश सपार्नका लागि आफ्नो सेवा दिईरहेका छौं । विभिन्न संगठनहरुमार्फत खासगरी हाम्रो पार्टी नेकपा एमाले र यसका वरिपरी रहेको जनमत यसलाई हामीले विभिन ढंगले संगठित गरेर परिचालन गरिरहेका छौं । र यसले समाज परिवर्तनका लागि सही विचारमा संगठित शक्तिलाई अगाडि बढाईरहेको छ । यस प्रसंगमा स्वभाविक रुपमा स्वयमसेवा अत्यावश्यक हुन्छ । ठूलो समूदाय भयो भने त्यहाँ जैविक क्रियाकलापहरु हुन्छन नै । ती जैविक क्रियाकलापहरुको व्यवस्थापन कसरी गर्ने ? त्यस्तो अवस्थामा त्यसलाई समग्रतामा व्यवस्थित बनाउने कुरामा स्वयमसेवाबाट मात्रै गर्न सकिन्छ । गोलमाल हुन नदिन, अस्तव्यस्त हुन नदिन, यता जाने कि उता जाने भन्ने भ्रम हुन नदिन, सहभागिताको कार्ड कहाँ पाईन्छ भन्दा यहाँ । नाम कहाँ लेख्ने भन्दा यहाँ । भित्र पस्ने ढोका कुन हो भन्दा यो । बस्ने सिट कुन हो भन्दा यो । बाहिर निस्कने ठाउँ कुन हो भन्दा यो । कता फर्किएर बस्ने भन्दा यता । यी सबै कुरा व्यवस्थित गर्नका लागि स्वयम सेवा चाहिन्छ । स्वयम सेवा विना पनि ती चिजहरु गर्न सकिन्छ । तर हामीसँग पवित्र भावनाले विना पारिश्रमिक आफ्ना कार्यहरु, आफना कर्तव्यहरु सफल बनाउनुपर्छ भन्ने भावनाले उत्प्रेरित समूदाय छदैछ भने हामीले भाडामा यसलाई एउटा व्यवसायको रुपमा चलाईरहनु पर्दैन । त्यसकारण हाम्रो पार्टीमा जति पनि फङसनहरु छन, ती आफ्नो ढंगले संचालन गर्छौं । कहिलेकहिले हामीले केही कुरामा मद्दत लिनुपर्ने हुन सक्छ । जस्तो खानेकुरामा क्याटरिङको मद्दत लिउँला । तर प्राय भन्ने हो भने हामी हाम्रा कामहरु सबै भोलेटियरली गरेका हुन्छौं । त्यसरी हाम्रो पार्टीलाई साँच्चै परिपूर्ण, सम्पूर्ण व्यवस्थित पार्टीको रुपमा चलाएका छांै । यसै सन्दर्भमा उहाँहरुले महिलाहरुको राष्ट्रिय भेला महिलाहरुकै भोलेन्टियर्समा अत्यन्तै भव्यताका साथ सम्पन्न गर्नु भयो । यसले एउटा महिला सशक्तिकरणको पक्षमा, महिला सामाजिकीकरणको पक्षमा यो साधारण कुरा होइन पोलिटिकल पार्टीका लागि । यदि यो धार्मिक संस्था भएको भए धर्ममा विश्वास गरेर कुँदछन भन्ने हुन्थ्यो । यो त्यस्तो केही विश्वास, अन्धविश्वासमा होइन । यो स्पष्ट गन्तव्यमा पुग्ने धेयका साथ हाम्रा हरेक कार्यक्रमलाई अघि बढाउने सन्दर्भमा यस पटक तपाईहरुले एउटा नयाँ पन देखाउनु भएको छ महिला मात्रै भोलेन्टियर भएर । विद्यार्थी महिलाहरु, युवा महिलाहरु, खेलाडी महिलाहरु, अखिल नेपाल महिला संघसँग आवद्ध महिलाहरु, महिलाकै नेतृत्वमा आफै कमाण्डर भएर काम गर्नु भएको छ । समाजको हरेक क्षेत्रमा महिलाहरु उत्रन सक्नु हुन्छ र जुनसुकै काम पनि फत्ते गर्न सक्नु हुन्छ भन्ने कुरा यसले देखाउँछ । यस सम्बन्धमा हामी अरु पनि सोचिराखेका छौं कि पर्मानेन्ट खालको भोलेन्टियर्स संस्था त्यो तयार गर्ने र भोलेन्टियर भएपछि त्यसमा डेमोक्रेसी बुझनु हुँदैन । भोलेन्टियर भएपछि किन लाईनमा बस्ने भनेपछि लाईनमा नै बस्ने, अलिकति पर्तेर किन जान नपाउने ? मेरो डेमोक्रेसी भनेर भोलेन्टियर हुँदैन । भोलेन्टियर भनेपछि फेरी जंगी अनुशासन भन्ने त्यहाँ आउँछ । त्यसमा कडा अनुशासन पालन गर्नु पर्छ । त्यो अनुशासन जीवनका लागि अत्यन्तै महत्वपूर्ण छ । यो प्रकृति अनुशासनमा चल्छ । एउटा लयमा चल्छ । यो अनुशासन भन्ने चीजले लय सिकाउने हो । हामी यो लयलाई हाम्रो समाज परिवर्तनको प्रयासमा अघि लैजान चाहन्छौं । त्यसका लागि हाम्रा सचेत प्रयासहरु आवश्यक छ । यी सचेत प्रयासका सन्दर्भमा हामीले अनेक कामहरु भोलेनियरली गर्नुपर्नेछ । म तपाईहरुको प्रशंशा गर्न चाहन्छु । तपाईहरुलाई सम्मान गर्न चाहन्छु । तपाईहरुले भोलेन्टियरको ढंगले उत्कृष्ट काम गर्नु भएको छ । स्पेसल्ली महिला छोरीहरुले, बहिनीहरुले गर्नु भएको होला । तपाईलाई प्रशंशा गर्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु । तपाईहरुको काम अत्यन्तै उत्कृष्ट छन । पार्टीले पनि महिला भोलेन्टियर्सहरु समेतको नेशनल नेटवर्क बनाउने बारेमा पनि सोच्दैछौं । र यो पुरुषको पनि बन्छ, महिलाहरुको पनि बन्छ ।’

अध्यक्ष ओलीले एमालेले यसअघि नै पिपुल भोलेन्टियर्स, युथ फोर्स जस्ता संस्थाहरुलाई स्वयंसेवी संस्थाको रुपमा परिचालन गरेको पनि स्मरण गराए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर