स्क्वायर सहकारीको करोडौं रकम अपचलन गर्ने अध्यक्षसहित ३ जना पक्राउ

सहकारीको रकम हिनामिना गरेको आरोपमा काठमाडौंको मखनमा सञ्चालित स्क्वायर बचत तथा ऋण सहकारीका सञ्चालकहरु पक्राउ परेका छन् ।

निक्षेपकर्ताहरुलाई आकर्षक ब्याजदर दिन्छु भनी प्रलोभन देखाई निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सहकारीका अध्यक्ष वासुदेव मान जोशी, सचिव सुवर्ण सेलालिक र सदस्य धर्मरत्न पाछैं छन् ।

बचतकर्ताहरुले जम्मा गरेको रकम फिर्ता गर्नुको साटो उनीहरुले सहकारी नै बन्द गरेका थिए । उनीहरुमाथि बचतकर्ताहरुको ७ करोड ४० लाख बचत रकम अपचलन तथा हिनामिना गरेको आरोप छ ।

उनीहरुलाई पक्राउ गर्न काठमाडौं महानगरपालिका, सहकारी विभागले प्रहरीलाई पत्राचार गरेका थिए । काठमाडौंका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरी सहकारी ऐन, २०७४ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सहकारीका पीडितहरुलाई उजुरीका लागि पनि आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर