त्रिशूलीमा हराइरहेका दुई किशोरमध्ये एकको शव फेला
२७ जेठ २०८१ १५:५९
धादिङमा पौडी खेल्ने क्रममा शनिबार दिउँसोदेखि हराइरहेका दुई किशोरमध्ये एकको शव फेला परेको छ ।
गजुरी गाउँपालिका–५ घाटबेशीका १५ वर्षीय युनिक सुवेदी र १३ वर्षीय रिदम रोइला हराएका थिए । उनीहरुले लगाएको कपडा त्रिशूली नदी किनारमा फेला परेको थियो ।
सशस्त्र प्रहरीको विपद् ब्यवस्थापन बेश आदमघाटको टोलीले ५ जना गोताखोर खटाएर गरेको खोजतलासमा आइतबार सुवेदीको शव फेला परेको हो । थप खोजी कार्य भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।
प्रतिक्रिया