कर्णालीको झोलुंगे पुलमा अड्किएका खच्चडको उद्धार, २ मरे

कर्णालीको झोलुंगे पुलमा अड्किएका १३ खच्चडमध्ये ११ वटाको उद्धार गरिएको छ । २ वटा भने मरेका छन् ।

पुलमा अड्किएको ५ घन्टापछि उद्धार गरिएको हो । पुलको जाली काटेर नदीमा खसालेर डुंगामार्फत उद्धार गरिएको थियो । अछामको पञ्चदेवल बिनायक नगरपालिका–९ कालेकाडा र दैलेखको आठबिस नगरपालिका–६ खिड्किजिउला जोडने झोलुङ्गे पुलमा खच्चड अड्किएका थिए ।

उद्धारका लागि अछाम र दैलेखका विभिन्न प्रहरी चौकीबाट प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए ।

भारीसहितका खच्चड एकसाथ हिँड्न थालेपछि पुलको एकतर्फको जाली लत्रिएको बताइएको छ । खट्टा जालीभित्र पसेपछि खच्चड घाइते भएका छन् । पुलको दाँहिने तर्फको भाग पुरै बाङ्गो भएको छ । अहिले उक्त पुलमा आवतजावत बन्द छ ।

व्यापारीले चिल्तडाबाट दैलेखको खिड्किजिउलातर्फ खच्चडलाई सामान बोकाएर लैजाँदै थिए । उद्धारको पहल गर्न अछामका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्साल तथा जिल्लास्थित सुरक्षा निकायका प्रमुखसहितको टोली खटिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर