कोशी सरकार गठनविरुद्धको रिट हेर्न नमिल्नेमा
२७ जेठ २०८१ १२:४०
कोशी सरकार गठनविरुद्धको रिट आइतबार हेर्न नमिल्नेमा परेको छ । सर्वाेच्च अदालतको पूर्ण इजलासमा पुगेको रिटमा सुनुवाइका लागि न्यायाधीशहरू प्रकाशकुमार ढुंगाना, अब्दुल अजीज मुसलमान र सुनिलकुमार पोखरेल तोकिएका थिए ।
न्यायाधीश पोखरेलले कानुन व्यवसायी हुँदा गत भदौमा कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री उद्धव थापाको नियुक्तिविरुद्ध वर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटमा थापाको पक्षमा बहस गरेका थिए । त्यही कारण आज कार्कीको रिट हेर्न नमिल्नेमा परेको हो ।
कांग्रेस नेता तथा कोशीका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले रिट निवेदन दायर गरेका हुन् ।
प्रतिक्रिया