आज र भोलिका लागि तय गरिएको संसद बैठक सूचना टाँसेर स्थगित
२७ जेठ २०८१ १०:१३
प्रतिनिधि सभाको आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गर्ने निर्णय भएको छ । सभामुख निवास बालुवाटारमा आज बिहान बसेको मुख्य दलका प्रमुख सचेतकसहितको बैठकले दुई दिन बैठक स्थगित गर्ने निर्णय गरेको हो ।
आजदेखि विनियोजन विधेयकमाथि छलफल गर्ने कार्यसूची थियो । अब २७ गतेदेखि नियमित छलफल हुनेछ । विनियोजन विधेयक, २०८१ अन्तर्गत मन्त्रालयगत छलफलका लागि बजेट पुस्तिका अध्ययनका लागि दलहरूले समय मागेका कारण बैठक रोक्नुपरेको हो ।
बैठकमा मुख्य सचिव डा. वैकुण्ठ अर्याल र सङ्घीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि सहभागी थिए ।
प्रतिक्रिया