आँबुखैरेनी-मुग्लिन खण्ड आज तीन घण्टा बन्द हुने

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्ड आज तीन घण्टा बन्द हुने भएको छ ।

आँबुखैरेनी गाउँपालिका–४ साँखर ड्याम नजिक भासिएको सडक मर्मत भइरहेकाले सडक डिभिजन कार्यालयले आइतबार(आज) बिहान १० बजेदेखि १ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको जनाएको छ ।

उक्त ठाउँको हिलसाइडमा चर्किएर बसेको ढुङ्गाहरु झार्नुपर्ने भएकाले उक्त कार्य गर्दाको समयमा सवारी साधन पूर्ण अवरुद्ध हुने सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए ।

विसं २०७९ जेठ २७ गते वर्षाका कारण उक्त ठाउँमा सडक भासिएको थियो । हाल भासिएको सडक मर्मतका लागि काम भइरहेको छ । निर्माण व्यवसायी जिएस इन्जिनियरिङ प्रालि भरतपुरले सडक मर्मतको काम गरिरहेको छ ।

मस्र्याङ्दी नदीदेखि नै पहिरो नियन्त्रणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर