सुशासन कायम गर्न राज्यका सबै निकायमा शुद्धिकरण अभियान शुरु हुन्छ : अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले सुशासन कायम गर्नका लागि राज्यका सबै निकायहरुमा शुद्धिकरण अभियान शुरु गर्ने बताएका छन् ।

शनिवार काठमाडौंमा रिटर्नी सेन्टर नेपालको प्रथम स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री पुनले सरकारले सुशासन कायम गर्नका लागि राज्यका सबै निकायहरुमा शुद्धिकरण अभियान शुरु गर्ने बताएका हुन् । उनले सरकारले भ्रष्टाचारको सफाइ गर्न खोजेको बताए । उनले भ्रष्टाचारको सम्बन्धमा फाइल उठाउने कर्मचारी र स्वीकृत गर्ने कर्मचारीलाई कारबाही नगरी बिचका कुनै कर्मचारीलाई कारबाही गर्ने प्रवृत्ति देखिएको भन्दै आफूहरुले त्यसको अन्त्य गर्ने बताए । उनले नजिक र टाढाको नभनी दोषि उपर कारबाही गरिने बताए । अर्थमन्त्री पुनले भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न सरकार उभिएको भन्दै सुशासनका लागि राज्यका निकायहरुमा शुद्धिकरण अभियान चलाइने स्पष्ट पारे ।

उनले भने – ‘हामी राज्यलाई के भुमिकामा बलियो बनाइराख्छौँ भने नियमन हो । बजार स्वस्थकर छ कि अस्वस्थकर ? जस्तो पनि ल्यायो बेच्यो त्यस्तो हुँदैन । गुणस्तरिय हुनुपर्छ । स्वस्थ चिज बेच्नुप¥यो । व्यापार गर्न पाउँछ तर निश्चित गुणस्तरको हुनुप¥यो । राज्यका नियामक निकायहरु प्रतिस्पर्धी खालको र स्वतन्त्र भुमिकामा हुनुपर्छ । रेफ्रिको भुमिकामा हुनुपर्छ । नीजि क्षेत्र आएर खेती, किसान गर्छ वा अरु बजार गर्छ । तर प्रतिस्पर्धी होस् । कार्टेलिङ नहोस् । मनोपोलि नहोस् । गुणस्तर नपुग्ने सरसामान वा सेवा बिक्री नगरोस् भनेर राज्यको त्यहाँ भुमिका छ । नाफाको पनि सीमा हुन्छ । न्यायोचित रुपमा हुनुपर्छ व्यापार पनि । पुँजीवादको विकृतिको रुपमा भ्रष्टाचार, कुशासन, मिलेमतो आउँछ । यस्ता कुराहरु नीतिगत भ्रष्टाचारहरु आउँछ । त्यो कुरा हामीले सफाइ गर्न खोजेको हो । सचिव छ । तल उपसचिव छ । तल फाइल उठाउनेलाई पनि कारबाही हुँदैन । सचिवलाई पनि हुँदैन । बिचको उपसचिव, सहसचिवलाई गरिराखेको हुन्छौँ । फाइल उठाउने अधिकृतलाई पनि हुँदैन । त्योभन्दा माथि स्वीकृत गर्नेलाई पनि हुँदैन । यस्तो हुँदैन हाम्रोमा । हामीले शासन गर्दै गर्दा नजिकको वा टाढाको भन्ने हुँदैन । हामीले सुद्धिकरण अभियानको रुपमा, सुशासन कायम गर्ने रुपमा, भ्रष्टाचार नियन्त्रण गर्ने रुपमा नै जानुपर्ने हुन्छ । त्यसरी सरकार उभिएको छ । राज्यका सबै निकायहरुमा शुद्धिकरण अथवा सुशासनको लागि सरकारले काम गरिराखेको छ ।’

अर्थमन्त्री पुनले सरकारले नियामक निकायहरुलाई बलियो बनाउने पनि बताए । उनले स्वस्थकर कुराहरु मात्रै विक्रि वितरण हुनुपर्ने भन्दै अस्वस्थ कुराहरुको बिक्री वितरण हुन नदिन राज्यले ध्यान पु¥याउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर