ओलीको स्पष्टीकरणः एमालेलाई समाप्त हुन नदिन संसद विघटन

एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई समाप्त हुन नदिन आफूले संसद विघटन गर्नुपरेको बताएका छन् ।

अध्यक्ष ओलीले आफूले तत्कालीन अवस्थामा प्रतिनिधि सभा विघटन नगरेको भए अहिले एमाले भन्न पाउने अवस्था पनि नरहने स्थिति रहेको समेत बताएका हुन् ।

पार्टीका काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टी भित्रैबाट आफू नेतृत्वको सरकार ढाल्न पार्टी भित्रैबाट विपक्षलाई प्रधानमन्त्री बनाउन कुद्ने काम भएपछि प्रतिनिधि सभा विघटन गरेर एमालेलाई बचाउने काम गरेको दाबी गरे ।

दक्षिणपन्थी शक्तिहरुको पाउमा सरकार बुझाए जसरी नै आज एमाले पनि अरुलाई बुझाइसकेको अवस्थामा हुने ओलीको भनाइ थियो ।

उनले आफूले तत्कालीन परिस्थितिमा पार्टीलाई बचाउन प्रतिनिधि सभा विघटन गरेको भए पनि कतिपय पार्टी भित्रकै मान्छेले कुरा नबुझेको गुनासो पनि गरे ।

अध्यक्ष ओलीले हरेक क्षेत्रमा आफूले सरकारको नेतृत्व लिएर राम्रो काम गरे पनि तत्कालीन सरकारलाई पार्टी भित्रैबाट दक्षिणपन्थीहरुको पाउमा बुझाउने काम गरेको जिकीर पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *