राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमा कांग्रेस नेता कोइरालाको प्रश्न

प्रमुख प्रतिपक्षी कांग्रेसका नेता डा. शेखर कोइरालाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णयमाथि प्रश्न उठाएका छन् । दूरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित काम नभएको उनको भनाइ छ ।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘लामो घनिष्ठ सम्बन्ध, व्यापारको झण्डै दुई तिहाइ हिस्सा, आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध भएको देशको राजदूत, त्यो देशमा नवनिर्वाचित सरकारको सपथग्रहणमा प्रधानमन्त्री जाने दिनमा फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत ? दूरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित कार्य हैनन् ।’

सरकारले भारतस, अमेरिकासहित ११ देशका राजदूत फिर्ता बोलाउने सन्दर्भमा कोइरालाले यस्तो लेखेका हुन् । भारतमा तेस्रोपटक प्रधानमन्त्री बनेका नरेन्द्र मोदीको सपथग्रहणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने तय भएको छ ।

तर, त्यसअघि नै सरकारले भारतका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर