सरकार र निजी क्षेत्रले उत्पादन र रोजगारीमा विशेष लगानी गर्नुपर्छः ओली

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्नुपर्ने बताएका छन् ।

एमाले उद्योग व्यवसाय विशेष जिल्ला कमिटीले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्न सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्ने बताएका हुन् । उनले पूँजी र प्रविधिको विकास गर्ने बाटोमा पनि अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

अध्यक्ष ओलीले बजेट कार्यान्वयनको सम्बन्धमा पनि आफूले सरकारसँग कुरा गरिरहेको बताए । उत्पादन, उत्पादकत्व र उद्योगमा प्रविधिको प्रयोग लगायत कामहरु नेपालले गर्न सकेमात्रै मुलुकको औद्योगिकीकरणको भविष्य निर्धारण गर्ने उनको भनाई थियो । अध्यक्ष ओलीले कृषिलाई आधुनिकीकरण, व्यवसायिकीकरण, औद्योगिकीकरण गर्न नसके अगाडि बढाउन नसकिने तथ्य पनि स्मरण गराए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर