२०८४ सालसम्म नेपाली काँग्रेस सरकार बनाउन र गिराउन लाग्दैन : महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म कांग्रेस संघीय संसदभित्र प्रतिपक्षको भुमिकामा रहने दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले कांग्रेसले चुनावमा गएअनुसारको प्रतिवद्धताअनुसार सरकारमै रहनुपर्ने भएपनि सरकारमा रहेका केही राजनीतिक दलहरुले प्रतिवद्धता बिर्सिंदा काँग्रेस प्रतिपक्षमा पुगेको बताए ।

कांग्रेसले अब ०८४ सम्म अब सरकार बनाउन, सरकार गिराउन कतै आँखा पनि नलगाउने र हात नलम्ब्याउने पनि नगर्ने उनले बताए ।

महामन्त्री थापाले प्रतिपक्षको भुमिका निर्वाह गर्दैगर्दा नेकपा एमाले, नेकपा (माओवादी केन्द्र)सँग कुराकानी गर्न छोड्ने भन्ने नहुने बताए ।

उनले कांग्रेस संसदको ठूलो दल र संविधान निर्माण गर्नेको नेतृत्व गरेको पार्टी भएकाले केही जिम्मेवारी रहेको भन्दै संविधानमा केही कुराहरु संशोधनका लागि अन्य राजनीतिक दलहरुसँग कुराकानीमा रहने बताए ।

‘अहिले हामी प्रतिपक्षमा आएका छौँ । हाम्रो चाहनाले होइन । परिस्थितिले हामीलाई प्रतिपक्षमा ल्याएको छ । यो सन्दर्भमा हाम्रो पार्टीको केन्द्रीय समितिको बैठक बस्छ, केही दिनमा । बैठकमा छलफल गरेर औपचारिक निर्णय गर्दछ । त्यो अघि हामीलै नेतृत्व तहमा बसेर प्रशस्त छलफल गरेका छौँ । त्यहाँ छलफलबाट केही समझदारी कायम गरेका छौँ ,’ उनले भने, ‘अब २०८४ सालसम्म नेपाली काँग्रेस संघीय संसदभित्र प्रतिपक्षको भुमिकामा बस्छ । हामी ०८४ सम्म अब सरकार बनाउन, सरकार गिराउन, कतै आँखा पनि लगाउँदैनौँ, हात पनि लम्क्याउँदैनौँ । हामीलाई नियतिले प्रतिपक्षको भुमिकामा पुर्यायो, हामी त्यहीँ बैस्छौँ । प्रतिपक्षको भुमिका निर्वाह गर्दछौँ ।’

प्रतिक्रिया

One thought on “२०८४ सालसम्म नेपाली काँग्रेस सरकार बनाउन र गिराउन लाग्दैन : महामन्त्री थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर