राष्ट्रपति मुर्मुद्धारा नरेन्द्र मोदी प्रधानमन्त्री नियुक्त, सपथ ग्रहण समारोह जुन ९ मा

राष्ट्रपति द्रौपदी मुर्मुले शुक्रबार एनडीए संसदीय दलका नेता नरेन्द्र मोदीलाई प्रधानमन्त्री नियुक्त गरेकी छन् । , नयाँ सरकारले जुन ९ को साँझ सपथ लिनेछ।

राष्ट्रपति मुर्मुले मोदीलाई नियुक्तिको पत्र समेत हस्तान्तरण गरेकी छन् । , नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा उनीहरुबीच भेट भएको थियो। यसअघि, बीजेपी नेतृत्वको एनडीएका नेताहरूले राष्ट्रपति मुर्मुलाई भेटेका थिए । भेटमा उनीहरुले एनडीए संसदीय दलको नेताको रूपमा मोदी चयन भएकोको पुष्टि गर्दै समर्थनको पत्र बुझाएका थिए।

राष्ट्रपति भवनको प्राङ्गणमा मिडियालाई सम्बोधन गर्दै, प्रधानमन्त्री मोदीले राष्ट्रपतिद्वारा नियुक्त प्रधानमन्त्रीको रूपमा आफ्नो नियुक्ति पुष्टि गरे।

‘राष्ट्रपतिले मलाई प्रधानमन्त्री निर्वाचितको रूपमा काम गर्न भन्नुभएको छ र उहाँले मलाई सपथ समारोहको बारेमा जानकारी दिनुभएको छ,’ मोदीले भने। उनले जुत ९ को साँझ आयोजना हुने कार्यक्रमबाट आफूहरु सन्तोषजनक रहेको राष्ट्रपतिलाई जानकारी गराएको बताए ।

उनले सपथ ग्रहण समारोहको विवरण राष्ट्रपति भवनले तयार गर्ने र त्यतिन्जेलसम्म मन्त्रिपरिषद्को नामावली राष्ट्रपतिलाई बुझाइसक्ने पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर