सुन तोलाकै एकलाख ४५ हजार रुपैयाँ !

स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला एक लाख ४४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन शुक्रबारका लागि एक लाख ४५ हजार रुपैयाँ निर्धारण भएको छ ।

यो हालसम्मकै उच्च विन्दु हो ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा एक लाख ४३ हजार तीन सय रुपैयाँमा कारोबार भएकामा आजका लागि एक लाख ४४ हजार तीन सय रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्य भने तोलामा ५० रुपैयाँले वृद्धि भएको छ । बिहीबार प्रतितोला एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय रुपैयाँ निर्धारण भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर