सेनाका कर्णेललाई अमेरिकाबाट झिकाएर सैनिक हिरासतमा राखियाे

नेपाली सेनाका महासेनानी (कर्णेल) दिरेन्द्र कुमार मल्ललाई अमेरिकाबाट झिकाएर सैनिक हिरासतमा राखिएकाे छ । अमेरिकाको न्यूयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली नियोगमा सैनिक सल्लाहकार रहेका मल्ललाई सेनाले सैनिक हिरासतमा राखेको हो ।

चार महिनाअघि सैनिक सल्लाहकारको रुपमा न्यूयोर्क पुगेका मल्ललाई गएकाे आइतबारदेखि सैनिक हिरासतमा राखिएको हाे ।

प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा उनलाई न्यूयोर्कबाट फिर्ता बोलाएर सैनिक हिरासतमा राखिएको हाे । महासेनानी मल्लको नागरिकता र शैक्षिक योग्यतामा कैफियत देखिएपछि फिर्ता बोलाएर अनुसन्धान सुरु गरिएको सैनिक स्राेतकाे दाबी छ।

मल्ल ३१ बेसिकका सैनिक अधिकृत हुन् । उनी पक्राउ परेको बारे सेनाले अहिलेसम्म कुनै आधिकारीक जानकारी सार्वजनिक गरेकाे छैन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर