मोदी तेस्रोपटक प्रधानमन्त्री बन्दै, आइतबार सपथ लिने

भारतमा आगामी आइतबार नयाँ प्रधानमन्त्रीको सपथ ग्रहण हुने भएको छ छ । आइतबार साँझ सपथ ग्रहण तय भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका हुन् ।

भाजपाका नेता तथा हालका प्रधानमन्त्री नरेन्द्र मोदी नै तेस्रो पटक भारतको प्रधानमन्त्री हुने भएका छन् ।

राष्ट्रिय प्रजातान्त्रिक गठबन्धन (एनडीए) ले लोकसभा चुनावमा २९३ सीट प्राप्त गरेको छ । नरेन्द्र मोदी एनडीएको नेता चुनिएका छन् । सबै दलले समर्थन पत्र बुझाएका छन् । अब मोदीले तेस्रो पटक प्रधानमन्त्रीको सपथ लिनेछन् ।

सपथ ग्रहण समारोहलाई भव्य बनाउन तयारी सुरु भएको छ । त्यसमा विदेशी पाहुनालाई निम्तो दिइएको छ । मोदीले सपथग्रहण समारोहअघि बुधबार राष्ट्रपति मुर्मुलाई राजीनामा पत्र बुझाइसकेका छन् ।

एक दिनअघि मात्रै एनडीएले सर्वसम्मतिले नरेन्द्र मोदीलाई आफ्नो नेताको रुपमा स्वीकार गरेको थियो । बुधबार नयाँ दिल्लीमा भएको बैठकमा एनडीएका २१ नेताहरूले मोदीलाई आफ्नो नेताको रूपमा स्वीकार गर्ने पत्रमा हस्ताक्षर गरेका थिए । जसका कारण नरेन्द्र मोदीलाई फेरि प्रधानमन्त्री बन्ने बाटो खुलेको छ ।

बैठकमा सबै नेताहरूले प्रधानमन्त्री मोदीको कार्यकाल र विगत १० वर्षमा देशमा गरेका विकास कार्यका लागि बधाई समेत दिएका थिए ।

भारतको निर्वाचन आयोगले मंगलबार लोकसभा चुनाव २०२४ को नतिजा घोषणा गरेको थियो । यसमा भाजपाले सबैभन्दा बढी २४० सिट ल्याएको छ भने ९९ सिटसहित कांग्रेस दोस्रो स्थानमा छ । एजेन्सी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर