सीजी टेलिकमको लाइसेन्स खारेज

चौधरी ग्रुपको स्वामित्वमा रहेको दूरसञ्चार कम्पनी सीजी कम्युनिकेसन्स लिमिटेडले ग्रामीण दूरसञ्चार सेवाका लागि पाएको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ ।

२०६० सालमा सीजी टेलिकमले ग्रामीण दूरसञ्चार सेवा सञ्चालनका लागि नेपाल दूरसञ्चार प्राधिकरणबाट अनुमतिपत्र (लाइसेन्स) पाएको थियो ।

नियमानुसार लाइसेन्स नवीकरणका लागि आवेदन नदिदा दूरसञ्चार ऐन अनुसार सीजी टेलिकमको लाइसेन्स स्वतः खारेज भएको हो ।

दूरसञ्चार ऐनमा भएको व्यवस्था अनुसार सीजी टेलिकमले लाइसेन्स नवीकरणका लागि रकम बुझाएर मंसिर १६ गतेसम्म प्राधिकरणमा आवेदन दिनु पर्ने थियो ।

अनुमतिपत्रको अवधि २५ वर्ष हुने भए पनि एक पटकमा १० वर्षभन्दा बढी अवधिको लागि अनुमतिपत्र दिन नमिल्ने व्यवस्था ऐनमा गरिएको छ । अनुमतिपत्र नवीकरण गर्न चाहने अनुमतिपत्र प्राप्त व्यक्तिले अनुमतिपत्रको अवधि समाप्त हुनु अगावै तोकिएको अवधिभित्र अनुमतिपत्र नवीकरणको लागि प्राधिकरण समक्ष निवेदन दिनु पर्ने भनी ऐनको दफा २५ को उपदफा २ मा उल्लेख गरिएको छ ।

सीजी टेलिकमको लाइसेन्स करिब तीन महिनाअघि नै सकिएको थियो । अहिले जरिवानासहित नवीकरण गर्न मिल्ने थप अवधि पनि सकिएको हो । अब, भने सीजीले चाहेर पनि लाइसेन्स पुर्नस्थापित हुने सम्भावना छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर