सहकारी छानबिन समितिले तोकिएकै समयमा प्रतिवेदन ल्याउनुपर्छ भन्नेमा एमाले स्पष्ट छ : प्रमुख सचेतक बर्तौला

नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तीन महिनाभित्रै प्रतिवेदन ल्याउनुपर्नेमा आफ्नो पार्टी स्पष्ट रहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले तीन महिनाभित्रै प्रतिवेदन ल्याउनुपर्ने एमालेको स्पष्ट अडान रहेको बताएका हुन् । उनले समितिमा एमालेको भूमिकाप्रति आशंका गर्नेहरूले नै तीन महिनाभित्र काम सम्पन्न गरी प्रतिवेदन ल्याउन नदिनसक्ने भन्दै यसप्रति आफूहरू सचेत रहेको बताए । उनले समितिको कामलाई अवरोध सिर्जना गर्नु नहुने बताए ।

प्रमुख सचेतक बर्तौलाले समितिले राम्रोसँग काम गरी तोकिएकै समयमा प्रतिवेदन पेस गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *