हिमालयन रिइन्स्योरेन्स लिमिटेडले हासिल गर्यो अर्काे उपलब्धि
२३ जेठ २०८१ १९:३९
हिमालयन रिइन्स्योरेन्स लिमिटेडले एकपछि अर्काे उपलब्धि हासिल गर्ने क्रमलाई निरन्तरता दिएको छ ।
भारतको नियमनकारी निकायबाट भारतको पुनर्बीमा प्राप्त गर्न स्वीकृति पाएको पहिलो वर्षमा नै विश्व विख्यात पुनर्बीमा कम्पनी जिआइसी रि (GIC Re) को पुनर्बीमा ट्रिटीमा हिस्सा प्राप्त गर्न कम्पनी सफल भएको छ ।
स्थापनाको चौथो वर्षमा संचालनमा रहेको निजी श्रेत्रबाट प्रवद्र्धित कम्पनी प्रति जिआइसी रि (GIC Re) जस्तो विश्व विख्यात कम्पनीले देखाएको विश्वासले कम्पनीलाई आगामी दिनमा अन्य देशमा समेत व्यवसाय विस्तार गर्न हौसला प्रदान गरेको छ ।
हिमालयन रिइन्स्योरेन्स लिमिटेडले भारत सहित अन्य ३० भन्दा बढी मुलुकहरुमा व्यवसाय विस्तार गर्न सफल भएको छ ।
- अवैध कल सेन्टर सञ्चालनमा पक्राउ परेका दुई चिनियाँसहित ३ जना कारागार चलान
- प्रहरीको कार्यसम्पादन सम्झौता कार्यान्वयनको अवस्था सन्तोषजनक : महानिरीक्षक कुँवर
- सूर्य नेपाल सेन्ट्रल ओपनको पहिलो दिन तोरण विक्रम शाही शीर्ष स्थानमा
- राष्ट्रिय सहरी नीतिलाई मूर्त रूप दिन तदारुकताका साथ काम गर्दैछौँ : उपप्रधानमन्त्री सिंह
प्रतिक्रिया